Advertisement Ad

फिदिम ३ र ६ को संगमस्थल दुतियामा फुटबल प्रतियोगिताका साथ चण्डीपूर्णे मेला सुरु

Advertisement Ad

जेठ २०८१ पाँचथर। फिदिम नम्बर वडाको संगमस्थल दुतियामा आइतबारदेखि चण्डीपूर्णे मेला सुरु भएको

मेलाको अवसरमा पुरुष नकआउट फुटबल प्रतियोगिताको आयोजना गरिएको आइतबार सम्पन्न उद्घाटन खेलमा आयोजक डीएफसीलाई  थाङसाङ क्लब फिदिम  ले गोलले पराजीत गरेको   त्यस्तै दोश्रो खेलमा आयोजक बी लाई एलएम सुम्निमाले  को गोल अन्तरले पराजित गरेको

मेलाको उद्घाटन, समारोहका प्रमुख अतिथिफिदिम नगरपालिका का वडाध्यक्ष बिपन तुम्रोकले गरेका थिए

किरातीहरुको महान चाड उभौली पर्वको अवसरमा लाग्ने चण्डीपूर्णे मेला जेठ १० गतेसम्म लाग्ने आयोजक समितिले जनाएको संस्कृतिको संरक्षण, आन्तरिक पर्यटन प्रवर्द्धन, युवाहरुलाई स्वास्थ्य खेलाडीहरुमा भैचारा सम्बन्धको बिकास गर्ने उदेश्यकासाथ मेला लगाइएको आयोजक दुतिया बजार व्ययवस्थापन समितिका अध्यक्ष राम तुम्रोकले बताए

फुटबल प्रतियोगिताको विजेताले नगत ५१ हजार १११ रुपैंयाँ सहित ट्रफि, मेडल प्रमाणपत्र उपविजेताले नगद २५ हजार ५५५ रुपैंयाँसहित ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्ने बताइएको प्रतियोगितामा हाइस्कोरर, बेस्ट किपिङ, बेस्ट डिफेन्स म्यान अफ द सिरिजलाई पनि पुरस्कार व्ययवस्था गरिएको

फाइनल खेल जेठ १० हुनेछ सो दिन किरातीहरुको संस्कृतिक झाँकि नृत्य समेत प्रदर्शनी गरिने आयोजक समितिका अध्यक्ष राम तुम्रोकले बताए