Advertisement Ad

सामुदायिक रेडियोकर्मीका लागि क्षमता अभिवृद्वी तालिम सुरु

Advertisement Ad

जेठ २०८१, धनकुटा। सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) प्रदेश समितिको आयोजनामा सामुदायिक रेडियोकर्मीहरुका लागि क्षमता अभिवृद्वी तालिम धनकुटामा सुरु भएको छ।

धनकुटा सदरमुकामस्थित होटल मुर्चुङ्गाको सभाहलमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, प्रदेशसभा सदस्य, पूर्वमन्त्री निरन राईले गरेका थिए। तालिमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य राईले गणतन्त्र स्थापनाका लागि सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे। उनले सामुदायिक रेडियोहरुलाई सहयोग गर्न प्रदेश सरकार सामुदायिक रेडियोहरुबीच पुलको काम गर्ने बताए।

तालिमको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य, पूर्व राज्यमन्त्री, इन्दिरा थापा, अकोराबका केन्द्रीय उपाध्यक्ष बन्दना दनुवार, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता बराइली राई, प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, धनकुटा शाखा अध्यक्ष नगेन्द्र राई, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई फोनिज प्रदेश अध्यक्ष सन्तबीर लामाले तालिम सफलताको शुभकामना दिएका थिए।

जेठ गतेसम्म चल्ने तालिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा आयोजना गरिएको हो। तालिमको सहजीकरण सामुदायिक सूचना नेटवर्क (सीआईएन)का व्यवस्थापक दीपक आचार्यले गरिरहेका छन्।

तालिममा सामुदायिक रेडियोको खस्किंदो अवस्थालाई कसरी उकास्ने, सामुदायिक रेडियोलाई कसरी प्रविधिमैत्री बनाउने, समुदायको अभिरुचीका सामग्री कसरी उत्पादन तथा प्रशारण गर्नेलगायतका विषयहरुमा छलफल भइरहेको बताईएको छ।

तालिममा प्रदेशभरीका ४० जना सामुदायिक रेडियोकर्मीहरुको सहभागिता रहेको सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का प्रदेश अध्यक्ष बिदुर खवासले बताए।