Advertisement Ad

पत्रकार रेग्मी र लामालाई डी कैडिन्य पत्रकारिता पुरस्कार

Advertisement Ad

७ साउन २०८१, झापा। पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई डी कौडिन्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार डी कैडिन्य (देवकुमार आचार्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको उक्त पुरस्कारबाट यस बर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददाता लामालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबो (मौसम), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, कौडिन्यकी जीवनसङ्गीनि यमुना आचार्यलगायतले रेग्मी र लामालाई पुरस्कार प्रदान गरे। पुरस्कारको राशी २१ हजार रुपैँयाँ रहेको छ ।

झापाको मेचीनगर निबासी पत्रकार रेग्मी प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुन् भने दमक निबासी पत्रकार लामा पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर नेपालका प्रदेश कमिटि सदस्य हुन् ।

प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आङबोले पुरस्कृत पत्रकारलाई शुभकामना दिए । सेन्टरका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेन्टरका सचिव पुष्प खड्काले गरेका थिए ।

कलमजिबी कैडिन्यको २०५९ साउन ७ गते झापाको चारआली ब्यारेकमा हत्या गरिएको थियो ।