११ साउन २०८१, पाँचथर। अखिल (क्रान्तिकारी) पाँचथरको १३ औं अधिवेशन आउँदो भदौ १० गते फिदिममा हुने भएको छ।
साउन ७ गते बसेको जिल्ला सचिवालय कमिटीको बैठकले सो निर्णय गरेको अखिल (क्रान्तिकारी) पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए। अधिवेशनमा दुई सय जना प्रतिनिधि, पर्यवेक्षकको उपस्थिति रहने उनले बताए।
बैठकले जिल्लास्थित सबै मावि, क्याम्पस र पालिकास्तरीय सम्मेलन यहीँ साउन महिनाभित्र गरिसक्ने निर्णय गरेको छ। अखिल क्रान्तिकारीको प्रदेश सम्मेलन भदौ २४ र २५ त्यस्तै राष्ट्रिय सम्मेलन असोज २ देखि ५ गतेसम्म हुने तय भएको छ।
