Advertisement Ad

Advertisement Ad

पाँचथर बहुमुखी क्याम्पसलाई साउण्ड सेट प्रदान

२ साउन २०८१, पाँचथर। स्तातकोत्तर तहसम्म अध्ययन, अध्यापन गराउने जिल्लाको एक मात्र शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखी क्याम्पसलाई स्वालम्बन लगुवित्त वित्तीय संस्था लिमिटेड फिदिम शाखाले साउण्ड सेट प्रदान गरेको छ।

फिदिम–४ गढीस्थित क्याम्पस परिषरमा आइतबार एक कार्यक्रमकाबीच क्याम्पसलाई ४० हजार मूल्य बराबरको साउण्ड सेट प्रदान गरिएको स्वालम्बन लगुवित्त वित्तीय संस्था लिमिटेड फिदिम शाखा प्रमुख सूर्य योङहाङले बताए। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई उक्त सामग्री प्रदान गरेको उनले बताए।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेको प्रमुख आतिथ्यता, क्याम्पसका पूर्व उपप्राध्यापक नरेन्द्र कुमार केरुङ र क्याम्पस प्रमुख खेमनाथ खतिवडाको विशेष आतिथ्यता एवंम् अन्य व्यक्तिहरुको उपस्थितिमा आयोजित कार्यक्रममा क्याम्पसलाई साउण्ड सेट प्रदान गरिएको थियो।

क्याम्पसमा अत्यावस्यक रहेको साउण्ड सेट उपलब्ध गराउने स्वालम्बन लगुवित्त वित्तीय संस्था फिदिम शाखालाई क्याम्पस प्रमुख खतिवडाले धन्यवाद ज्ञापन गरेका छन्।