Advertisement Ad

Advertisement Ad

ताप्लेजुङ गोल्डकप भोलिदेखिः उद्घाटन खेलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवले कञ्चनजंघा एफसी सिलिगुढी भारतको सामना गर्ने

२ साउन २०८१, ताप्लेजुङ। अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको दोस्रो संस्करण भोलि (सोमबार) देखि सुरु हुँदैछ।

सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेली टोली संघर्ष स्पोर्टिङ क्लव ताप्लेजुङले छिमेकी मुलुक भारतको कञ्चनजंघा एफसी सिलिगुढीको सामना गर्नेछ। खेल दिउँसो २ः३० बजेदेखि सुरु हुने बताइएको छ।

लाखे जात्राको अवशरमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए। प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा भदौ ४ गते पाँचथर फुटवल क्लव र सिरहाको सलहेश युथ क्लव आमनेसामने हुनेछन्।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल भदौ ५ गते हुनेछ। उक्त खेलमा मोरङको सगरमाथा युथ क्लव र रुपन्देहीको बुटवल लुम्बिनी फुटवल क्लवबीच प्रतिश्पर्धा हुनेछ। प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा भदौ ६ गते त्रिभुवन आर्मी क्लव र झापाको बिर्तामोड युनाइटेड क्लव आमनेसामने हुनेछन्।

प्रतियोगिताको फाइनल खेल भदौ १० गते हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने अयोजक समितिको अध्यक्ष गुरुङले बताए।