Advertisement Ad

Advertisement Ad

पाँचथरको फिदिम–७ मा लडेर एक जनाको मृत्यु

राम प्रसाद बाँस्कोटा

३ भदौ २०८१ पाँचथर। फिदिम नगरपालिका–७ रानीटारस्थित लेउती खोल्सामा एक व्यक्तिको लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा फिदिम नगरपालिका–७ तुङ्बुङ्वा बस्ने ६५ बर्षी धनबहादर थेगिम रहेको प्रहरीले जनाएको छ। आइतबार करीब दिउँसो तीन बजे डाँडागाउँबाट घर फर्कने क्रममा बाटो छेउको भीरबाट लडेर घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

धनबहादुर बेलुकी घर नफर्किपछि खोजी गर्ने क्रममा सोमबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ। शवलाई पोष्टमार्डमका लागि सदरमुकाम फिदिम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए।

थेगिम बाटोभन्दा करीब ५० मिटर तल मृत अवस्थामा भेटिएका थिए। शव नजिकै मृतकको मोबाइल, झोला र लौरो भेटिएको प्रहरी निरीक्षक तामाङले बताए। मृतक थेगिमका श्रीमती, चार छोरा र तीन छोरी छन्।