Advertisement Ad

Advertisement Ad

पाँचथरमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

५ साउन २०८१, पाँचथर। एक १५ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१३ लुङरुपा स्थायी घर भई फिदिम नगरपालिका–११ नांगीनस्थित सिद्धदेवी मावि पिपलबोटेका सहायक प्रधानाध्यापक राजकुमार नेम्बाङ रहेका छन्।

ती बालिकालाई शिक्षक नेम्बाङले आइतबार राती जबरजस्ती करणी गरेको भन्ने पीडित बालिकाको परिवारको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए।