Advertisement Ad

Advertisement Ad

ताप्लेजुङ गोल्डकपः पाँचथरमाथि सलहेश युवा क्लव सिरहाको संघर्षपूर्ण जीत

४ भदौ २०८१, ताप्लेजुङ। सलहेश युवा क्लव सिरहा ताप्लेजुङमा जारी दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

पाँचथर फुटवल क्लवमाथि कठिन जीत निकाल्दै सलहेश सेमीफाइनल प्रवेश गरेको हो। सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलको ४१ औं मिनेटमा सलहेशका लागि जय गुरुङले गरेको गोल नै निर्णायक बन्यो। पाँचथरका अफिसियल र खेलाडीले रेफ्रिको निर्णयमाथि असन्तुष्टि जनाएका थिए।

लाखे जात्राको अवशरमा आयोजित प्रतियोगिता भदौ १० गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैंयाँ र उपविजेताले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गर्ने आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।

भदौ ५ गते हुने खेलः
बुटवल लुम्बिनी फुटवल क्लव रुपन्देही Vs सगरमाथा युथ क्लव मोरङ