४ साउन २०८१, पाँचथर। यस बर्षको दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार मेचीपारिका कवि राजा पुनियानीलाई प्रदान गरिने भएको छ।
दिव्यबिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले एक प्रेस विज्ञप्ती जारी गर्दै यस बर्षको दिव्यबिक्रम नेम्बाङ स्मृति पुरस्कार दार्जिलिङ सुकुनाका सशक्त कवि पुनियानीलाई प्रदान गरिने जनाएको छ। ३० हजार रुपैंयाँ राशीको उक्त पुरस्कार भदौ १४ गते झापाको बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी कवि पुनियानीलाई प्रदान गरिने दिव्यबिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले बताए।
पाँचथर पौवासारतापबासी राजनीतिज्ञ, समाजसेवी एवंम् साहित्यकार स्वर्णिय नेम्बाङको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट यसअघि कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङ, साहित्यकार कृष्ण बराल र लेखक उपेन्द्र सुब्बा पुरस्कृत भइसकेका छन्।
