Advertisement Ad

पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति घोषणा

Advertisement Ad

९ भदौ २०८१, काठमाडौँ। पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति आइतबार घोषणा भएको छ।

ललीतपुर शोभाहिटीस्थित चुम्लुङहिममा आइतबार आयोजित एक समारोहमा सरु सिंघक (ताप्लेजुङ) को संयोजकत्वमा पहिचानवादी महिला मोर्चाको संघीय तदर्थ समिति घोषणा गरिएको हो। समितिको सदस्य सचिवमा याङ्छेन भोटे (संखुवासभा), संगठन विभाग प्रमुख गंगा राई शेर्मा (झापा), आर्थिक विभाग प्रमुख सर्मिला आङदेम्बे (झापा) र प्रशिक्षण विभाग प्रमुखमा दिपा लक्सम (पाँचथर) चयन भएका छन्।

सदस्यहरुमा निता मादेन (ताप्लेजुङ), सुष्मा राई (पाँचथर), भावना इङ्वा, (पाँचथर), दिक्षा छेत्री लिङदेन (पाँचथर), नविना राई (पाँचथर), छलिमाया कुमाल (इलाम), निर्मला चेम्जोङ ( इलाम), शशी तामाङ (इलाम), अग्निमाया मेचे (झापा), फुङ्मा बोखिम (झापा), सुनिता थक्सु (मोरङ), कल्पना लिम्बु (सुनसरी), दिपकला लिम्बू (सुनसरी), सरकुमारी आठपहरिया (धनकुटा), राधिका फियाक (धनकुटा), अरुणा सुक्वाबा सिंगक (तेह्रथुम), प्रज्ञा इजम कङ्लिबा (सोलुखुम्बु), पार्वती भित्रीकोटी (काठमाडौ), शान्ता राई (ललितपुर), जयन्ती लावती (ललितपुर) र आशमति साम्सोहाङ (भक्तपुर) छन्।

समितिले देशैभरी संगठन विस्तार गर्दै बहुसाँस्कृतिक समाजवादी लोकतन्त्रका लागि जनउभार ल्याउन क्रियाशील हुने नव गठित समितिका संयोजक सरु सिंघकले बताइन्।