Advertisement Ad

चट्याङले लागेर भाईको मृत्यु, दाजु गम्भिर घाईते

Advertisement Ad

९ भदौ, २०८१ पाँचथर । चट्याङले लागेर आइतबार  पाँचथरको तुम्बेवा गाउँपालिका वडा न.२ हुलाक टोलका एक ब्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय डिल्ली तिम्सिनाका छोरा १५ वर्षिय दर्शन तिम्सिना रहेका छन् । इन्द्रेणी मा.वि.मा कक्षा ९ मा अध्ययरत तिम्सिना विद्यालय बाट घर फर्कने क्रममा शहिद पार्क नजिक पुग्दा अचानक परेको चट्याङले लागेर गम्भिर घाईते भएका थिए ।
घाईते भएका तिम्सिनालाई उपचारको लागि स्वास्थ्य चौकी मौवामा ल्याई चेकजाँच गराउँदा स्वास्थ्यकर्मीले मृृत घोषणा गरेका थिए । यस्तै चट्याङ लागेर उनका दाजु १९ वर्षिय लाभप्सन तिम्सिना गम्भिर घाईते भएका छन् ।

उनको स्वास्थ्य चौकी मौवामा उपचार सम्भव नभएपछि थप उपचारको लागि वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले बताउनुभयो ।