Advertisement Ad

Advertisement Ad

ताप्लेजुङ गोल्डकपको उपाधी सगरमाथा युथ क्लव मोरङलाई

१० भदौ २०८१, ताप्लेजुङ। दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटवल प्रतियोगिताको उपाधी मोरङको सगरमाथा युथ क्लवले उचालेको छ।

सदरमुकाम फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सिरहाको सलहेश युथ क्लव विरुद्ध १–० गोलको जीत निकाल्दै सगरमाथा युथ क्लव मोरङले उपाधी चुमेको हो।

मोरङका लागि खेलको दोस्रो मिनेटमा विजय भुजेलले गरेको गोल नै निर्णायक बन्यो। खेलको अन्तिम समयमा सलहेशले मोरङलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा प्रतियोगिताको च्याप्पियन बन्नबाट चुक्यो।

उपाधीसँगै मोरङले नगद ५ लाख रुपैंयाँ प्राप्त गरेको छ। उपविजेतामा सिमित हुन पुगेको सलहेशले नगद २ लाख ५० हजार ५५५ रुपैंयाँ प्राप्त गरेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले बताए।