Advertisement Ad

Advertisement Ad

फालेलुङ गाउँपालिकामा सप्ताहव्यापी रेविज विरुद्धको खोप अभियान

जीपी अधिकारी

१० असोज २०८१, पाँचथर। फालेलुङ गाउँपालिकाको पशु सेवा शाखा, दीप ज्योति युवा क्लव र रेडपान्डा नेटवर्कको आयोजनामा फालेलुङ गाउँपालिकामा रेबिज विरुद्धको सप्तहव्यापी खोप अभियान सञ्चालन भइरहेको छ।

सात दिने निशुल्क कुकुर, बिरालोको रेविज विरूद्धको खोप अभियान अन्तर्गत वडा नं.१ खुँगा कुटिडाँडा केन्द्रमा ४४ वटा कुकुरलाई रेबिज बिरुद्ध खोप लगाइएको छ। यसै गरि वडा नं.२ को पञ्चमुखी केन्द्रमा ३ बिरालो र ५८ कुकुर गरी ६१ कुकर–बिरालोमा रेविज विरुद्धको खोप लगााइएको छ।

असोज ७ गतेदेखि सुरु भएको खोप अभियान असोज १२ गतेसम्म चल्ने बताइएको छ। फालेलुङ गाउँपालिकाको ८ वटै वडामा खोप अभियान सञ्चालन गरिने दीप ज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावा राईले बताए।