Advertisement Ad

Advertisement Ad

फिदिम–४ चिसापानीमा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु

१२ असोज २०८१, पाँचथर। आज बिहान साँढे तीन बजेतिर अबिरल बर्षासँगै गएको पहिरोले घर पुरिंदा फिदिम–४ चिसापानीमा आमा–छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा २४ बर्षीया सपना शेर्पा र उनकी ४ बर्षीया छोरी डोल्मा शेर्पा रहेको प्रहरीले जनाएको छ। फिदिम–४ मा डेरा बस्दै आएका उनीहरु साथीकोमा सुत्न गएका थिए।

फिदिम–४ चिसापानीस्थित आदिवासी जनजाति भवनसँगै रहेको घर पहिरोले पुर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको फिदिम नगरपालिकाका नगर प्रहरी प्रमुख सुजन पुरीले बताए।

अन्य ३ जना भने भागेर ज्यान बचाउन सफल भएका बताइएको छ।