Advertisement Ad

Advertisement Ad

पाँचथरे साहित्यकार प्रेम ओझालाई कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान प्रदान गरिने

२० मंसिर २०८१, पाँचथर। पाँचथरे साहित्यकार प्रेम ओझालाई २०८० सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार प्रेम ओझालाई प्रदान गरिने भएको छ।

त्यस्तै कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको छ । यी पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाख्रिन, निमेष निखिल, डा. गीता त्रिपाठी, सगुन सुसारा, डा.सुधा एम राई, विवश बलिभद्र कोइराला, रोशन परियार, उमेश लुइँटेल पुरस्कृत भइसकेका छन् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार रुपैयाँ रहेको छ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०८० सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको हो। प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार शिवशङ्कर थापालाई प्रदान गर्ने निणर्य गरेको छ। पुरस्कार राशि २५ हजार रुपैंयाँ छ। यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी र शैलेन्द्र साकार सम्मानित भएका छन्।

प्रतिष्ठानका उपाध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निणर्य गरेको हो। पुरस्कार सम्मान आगामी माघ २६ गते शनिबार विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी सम्बन्धित स्रष्टालाई हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव विवस पोखरेलले जानकारी दिए।