१ पुस २०८१, पाँचथर। फिदिम–६ सिवा, याङदेनस्थित चोकमागु आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री, विद्यालय पोसाक र जुत्ता वितरण गरिएको छ।
विद्यालयमा आयोजित एक समारोहकाबीच विद्यार्थीहरुलाई ती सामग्री प्रदान गरिएको हो। विद्यालयका संस्थापक अविभावक स्व.लिलाराज तुम्रोकको नाममा स्थापित ‘स्व.लिलाराज तुम्रोक स्मृति कोष’ बाट विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोसाक र जुत्ता वितरण गरिएको हो।
स्व.लिलाराज तुम्रोकका धर्मपत्नी रितारानी तुम्रोकको प्रमुख आतिथ्यतामा विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको थियो। स्व.तुम्रोकका छोराहरु महेन्द्र बिक्रम तुम्रोक, सुरेन्द्र बिक्रम तुम्रोक साथै ललितपुर–१४ नखिपोट निबासी याक्थुङ नेम्बाङ समाजका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद नेम्बाङ, ललितपुर–१४ नखिपोट निबासी याक्थुङ नेम्बाङ समाजका सल्लाहकार भवानी बिक्रम नेम्बाङ, फिदिम–१ मेनलाइन निबासी समाजसेवी एवंम् व्यवसायी मदन पन्धाक, फिदिम–६ सिवा बाह्रमुरे, हालः काठमाडौं निबासी भूपु ब्रिटीश आर्मी देवी प्रसाद लिम्बूले उक्त कोष स्थापना गरेका विद्यालयले जनाएको छ।
स्टेशनरी सामग्री, विद्यालय पोसाक र जुत्ता पाएपछि विद्यार्थी हर्षित भएका छन्। स्थानीय बुद्धिजीवि, अविभावक, शिक्षक–विद्यार्थीको सहभागिता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर तुम्रोकको अध्यक्षतामा सम्पन्न भएको प्रधानाध्यापक नरेन्द्र शेर्माले बताए।
