इवारा जबेगु
२ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुस्थित जौबारीमा सम्पन्न प्रथम फुगंराय स्मृति कप खुल्ला भलिवल प्रतियोगिताको उपाधी नेपाली सेनाको रणशेर गण ओदेन ब्यारेकले जितेको छ।
मंसिर ३० गते भएको प्रतियोगिताको फाइनल खेलमा याङदेन क्लब सिवालाई २–१ सेटमा पराजीत गर्दै रणशेर गण ओदेन ब्यारेक पाँचथरले उपाधी उचालेको हो। उपाधी विजेता रणशेर गणले नगद ४० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा सिमित हुन पुगेको याङदेन क्लव फिदिम–६ ले नगद २० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा पाँचथर जिल्ला जिल्लाका विभिन्न पालिका र रणशेर गण ओदेन ब्यारेक गरि नौ टिमको सहभागिता रहेको आयोजक नवजन प्रवाह युवा क्लवका अध्यक्ष सन्तोष तुम्बापोले बताए।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति, संविधानसभा सदस्या तथा पूर्वमन्त्री श्रीप्रसाद जवेगु र विषेश अथिति किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङले पुरस्कार वितरण गरेको आयोजकले जनाएको छ।

