२ पुस २०८१ पाँचथर। यहीँ पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुने फाल्गुनन्द गोल्डकपको ११औं संस्करणको खेलतालिका सार्वजनिक भएको छ।
आयोजक फिदिम स्पोर्टिङ क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुस ६ गते आयोजक फिदिम स्पोर्टिङ क्लवले करसाङ फुटवल क्लवको सामना गर्नेछ। प्रतियोगिताको दोस्रो खेलमा पुस ७ गते मछिन्द्र क्लव काठमाडौँ र झापा–११ आमनेसामने हुनेछन्।
पुस ८ गते तेस्रो खेलमा फिदिम स्पोर्टिङ र करसाङबीचको विजेतासँग विभागिय टोली त्रिभुवन आर्मी क्लवले खेल्नेछ। पुस ९ गते मछिन्द्र र झापाबीचको विजयीसँग न्यू स्टार क्लव सुनसरीले प्रतिश्पर्धा गर्नेछ।
पुस १० गते लिग लिडर चर्च व्वाईज युनाइटेड क्लवसँग विराटनगर सिटी फुटवल क्लवले खेल्नेछ। पुस ११ गते न्यूरोड टिम (एनआरटी) र सलहेश युथ क्लव सिराहाबीच प्रतिश्पर्धा हुनेछ।
प्रतियोगिताको पहिलो सेमीफाइन खेल पुस १२ गते र दोस्रो तथा अन्तिम सेमीफाइन खेल पुस १३ गते हुनेछ। प्रतियोगिताको फाइनल खेल पुस १५ गते हुने आयोजक फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए। प्रतियोगिताका सबै खेल फिदिम माविको खेलमैदानमा हुनेछ।
प्रतियोगिताको विजेता हुने टोलीले नगद १० लाख रुपैंयाँ र उपविजेता हुने टोलीले नगद ५ लाख रुपैंयाँ प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष दीपेन्द्र लुङगेली मगरले बताए।
