अर्जुन तुम्बापो
२ पुस २०८१ दक्षिण कोरिया। किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाले येले तङ्बे ५०८४ (वि.सं.२०८४) को चासोक तङनाम मनाएको छ।
कियाचु कोरियाले चसोकसँगै शुभकामना आदानप्रदान तथा साँंस्कृतिक कार्यक्रमको आयोजना गरेर तङनाम मनाएको हो। सौलस्थित सन्बुक खुछङको हलमा आयोजित कार्यक्रममा भिमसागर मादेम्बाले बिधिपूर्वक चासोक पूजा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका अध्यक्ष विशन राईसँगै एनआरएन कोरियाका अध्यक्ष बुद्धि गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाका संरक्षक लोचन राई, पूर्वी नेपाल समाजका कार्यबाहक अध्यक्ष चित्र घले, चुम्लुङ बुसान शाखा अध्यक्ष प्रताप इधिङ्गो, छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू लगायत अन्य अतिथिहरुले चासोकको शुभकामना दिएका थिए।
किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मनोज मादेम्बा र पूर्व अध्यक्ष सुन्दरदीप आङदेम्बेले चासोक तङनामको साँस्कृतिक महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रममा गायक पेपराज माबुहाङ, भिमसागर मादेम्बा, सुमन लिम्बू सायल हेल्लोक, मिथुन तुम्बापो, धिरेन लिङ्ज्याङ, इन्द्र सम्बाहाम्फे, आलाप लिम्बू र गायिका मन्दिरा नेम्बाङले सांगीतिक प्रस्तुती दिएका थिए।
त्यस्तै किरात याक्थुङ चुम्लुङको तर्फबाट केलाःङ् (च्याब्रुङ नाच) र किरात राई यायोक्खाको तर्फबाट साकेला नाच साथै अन्य कलाकारहरुले पनि नृत्य प्रस्तुती दिएका दिए। याङ्बेन, कुखुराको तीते, फाक्सा, तोङ्बा, थि (जाँड), सेलरोटी जस्ता मौलिक परिकारहरुको प्रदर्शनी र भोजन गरिएको थियो।
याक्थुङ (लिम्बू) समाजमा नयाँ पाकेका अन्नबाली आफूले ग्रहण गर्नुपूर्व प्रकृति र विभिन्न देवीदेउतालाई चढाउने प्रचलन छ। यहीँ परम्परा नै चासोक हो। प्रवाशी भूमीमा पनि आफ्नो संस्कृति जगेर्ना गर्ने उदेश्यले चासोक मनाइएको कियाचु दक्षिण कोरियाले जनाएको छ। कार्यक्रम किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रका अध्यक्ष बिनोद सौदेनको अध्यक्षतामा सम्पन्न भएको थियो।




