रुकमान केरुङ लिम्बू
३ पुस २०८१, पोर्तुगल। ‘हाम्रो अस्तित्व हाम्रै पहिचान, भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बद्र्धन हाम्रो अभियान’ भन्ने नाराकासाथ याक्थुङ –लिम्बू) समुदायको महान चाड चासोक तङ्नाम ५०८४ को अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्तुगलद्वारा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा साँस्कृतिक साँझ कार्यक्रम १६ डिसेम्बर २०२४ सोमबारका दिन लिस्बोन स्थित सिटि वोकमुन्दोमा सम्पन्न भएको छ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ पोर्तुगलका अध्यक्ष रुकमान केरुङको सभापतित्व र प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष चोपकुमार मगर, विशेष अतिथि गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय उप संयोजक रोबर्ट लिम्बू, नेप्लिज वुमेन एसोसिएसनका पोर्तुगलका अध्यक्ष शान्ती अर्याल अधिकारी साथै जन सम्पर्क समिति सभापति, प्रवाशी नेपाली मन्च अध्यक्ष लगायत अन्य संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, सहयात्री संस्था मगर संघ, शेर्पा किदुग, तमु समाज, तामाङ समाजका अध्यक्षहरु र अन्य क्रियाशील सामाजिक व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख अतिथिबाट दीप प्रज्वलन गरी सुरुवात गरिएको उक्त कार्यक्रमलाई कियाचु पोर्तुगलका सदस्य सुरेश फोम्बोले सञ्चालन गरेका थिए।
चासोक तङनामबारे कियाचु पोर्तुगलका निवर्तमान अध्यक्ष प्रेमचन्द्र निङ्लेखुले प्रकाश पारेका थिए। कियाचु पोर्तुगलका प्रमुख सल्लाहकार तथा सल्लाहकारद्वय दिपा लिबाङ र रोबर्ट लिम्बूका बुबा आमालाई लाम्दाक स्वागत) गरिएको थियो। त्यस्तै संस्थालाई अभिभावकको रुपमा थप चार जना सल्लाहकारहरु याद बहादुर लिम्बू, भिम लिम्बू, अबिरजङ लिम्बू र मेदनी लिम्बूहरुलाई घोषणा गरिएको थियो। संस्थाका वर्तमान प्रमुख सल्लाहकार दिपा लिबाङ सँगै सल्लाहकारहरु घनश्याम चोङबाङ, बलबहादुर केदेम, रोबर्ट लिम्बू, अनिल कुमार योङहाङ, केन्द्र बिक्रम लिम्बू र राजकुमार थेबेलाई सम्मान गरिएको थियो।
कार्यक्रममा फक्ताङलुङ आइडल सिजन २ का फाइनलिस्ट मिजिरा सम्बाहाम्फेको बेजोड प्रस्तुतिसँगै मौलिक याक्थुङ संस्कृति प्रस्तुत गरिएको थियो। केलाःङ तथा पालाम्सँगै निता लिम्बू, बिकाश थेगिम र साथीहरुको नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो।
