Advertisement Ad

Advertisement Ad

फिदिम–६ सिवामा माघ्या सक्रान्ति मेलाको अवसरमा पूरुष तथा महिला फुटवल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हुने

१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–६ सिवास्थित मगरगाउँमा माघ्या क्रान्ति मेला २०८१ को अवसरमा खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता एवंम् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता यहीँ पुस २४ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ। पुरुष फुटवलतर्फ विजेताले नगद ५० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २५ हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

महिलातर्फको विजेताले नगद १० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद ५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। पूरुष र महिला दुबैतर्फका वेष्ट प्लेयर, वेष्ट किपर, वेष्ट डिफेन्स र हाई स्कोररलाई पनि पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष सुवाश सारु मगरले बताए।

प्रतियोगिताको लागि पुस २३ गतेसम्म इन्ट्री गर्ने समय तोकिएको छ। पूरुषतर्फ इन्ट्री शुल्क ३ हजार रुपैंयाँ र धरौटी १ हजार रुपैंयाँ त्यस्तै महिलातर्फ इन्ट्री शुल्क १ हजार रुपैंयाँ र धरौटी ५ सय रुपैंयाँ लाग्ने आयोजक संस्थाका उपाध्यक्ष चन्द्र रानाले बताए।

प्रतियोगिताको फाइनल खेल माघ १ गते माघ्या सक्रान्तिको दिन हुनेछ। उक्त दिन फिदिमस्थित बरदान संगीतालय र स्थानीय कलाकारुहको साथमा सांगीतिक कार्यक्रम समेत हुने आयोजक संस्थाका सचिव सनम सारुले जानकारी दिए।

मगर समुदायको महान पर्व माघ्या क्रान्तिको अवसरमा स्थानीय लखनथापा आटैकान कृषक समूह र शिखर समाजको सहयोगमा लाङ्घाली यूवा क्लव, फिदिम–६ सिवा, मगरगाउँको आयोजनामा मेलासँगै खेलकुद प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको स्थानीय समाजसेवी शेर बहादुर सारु (रोशन)ले बताए।