Advertisement Ad

Advertisement Ad

फिदिम–५ चोकमागुस्थित मैदानेमा पूरुष तथा महिला फुटवल प्रतियोगिता हुने

१ पुस २०८१, पाँचथर। फिदिम नगरपालिका–५ चोकमागुस्थित मैदानेमा आगामी पुस ५ गतेदेखि खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिता हुने भएको छ।

स्थानीय मैदाने खेलकुद समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो। मैदाने खेलमैदानमा हुने प्रतियोगितामा पूरुषतर्फको विजेताले नगद १५ हजार रुपैंयाँ, ट्रफि र मेडल त्यस्तै उपविजेताले नगद ८ हजार रुपैंयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ।

त्यस्तै महिलातर्फको विजेताले नगद ६ हजार रुपैंयाँ, ट्रफि र मेडल , उपविजेता हुने टिमले नगद ३ हजार रुपैंयाँ, ट्रफि र मेडल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष जीवन कुमार तुम्बापोले जानकारी दिए।

स्थानीय खेलाडीहरुको वृत्तिविकास र स्थानीयस्तरमा खेलकुद क्षेत्रको प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक मैदाने खेलकुद समितिका सचिव पूर्ण श्रेष्ठले बताए।