Advertisement Ad

Advertisement Ad

पाँचथर गोल्डकपको पाँचौं संस्करण फागुनमा हुने

१ पुस २०८१, पाँचथर। अन्तराष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकपको पाँचौं संस्करण आगामी फागुन महिनामा हुने भएको छ।

आयोजक पाँचथर क्लवले सोमबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगिता फागुनमा हुने भए पनि कति गतेदेखि सुरु हुने भन्ने ढुंगो लागिसकेको छैन। प्रतियोगितामा आयोजक पाँचथर क्लव सहित ‘ए’ डिविजन क्लव, मोफसलका उत्कृष्ट क्लव र एक अन्तराष्ट्रिय टोलीलाई सहभागि गराइने आयोजक संस्थाका अध्यक्ष कमल तुम्रोकले बताए।

प्रतियोगिताको पुरस्कार राशी पनि केही दिनमा ढुंगो लाग्ने अध्यक्ष तुम्रोकले पत्रकार सम्मेलनमा बताए। पाँचथर गोल्डकपको चौंथो संस्करण त्रिभुवन आर्मी क्लवले जितेको थियो। प्रतियोगिता सदरमुकाम फिदिमस्थित फिदिम माविको खेलमैदानमा हुनेछ।