२७ पुस २०८१, मोरङ। किरात याक्थुङ चुम्लुङ, लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आउँदो माघ २८ र २९ गते मोरङको पथरीशनिश्चरेस्थित सिरिजंगा धार्मिक वन चुम्लुङहिममा हुने भएको छ।
शनिबार सम्पन्न लिम्बुवान प्रदेश समिति बैठकले सो निर्णय गरेको हो। तेस्रो प्रदेश अधिवेशनलाई भव्य रुपले सम्पन्न गर्ने निर्णय गर्दै बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले बताए।
बैठकले बिन्द्र नाल्बोको संयोजकत्वमा दिलु लिङदेन लाओती, कबिन्द्र शेर्मा, दिलु सुब्बा र गीता खजुम सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको छ। त्यस्तै मूख्य सचिव नरेन्द्रराज केरुङ संयोजक, मौसम माखिम र प्रेम तुम्बाहाङ सदस्य रहेको प्रतिनिधि, पर्यवेक्षक व्यवस्थापन उपसमिति गठन गरेको छ।
दिल कुमार लाओतीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन भएको छ। प्रचार–प्रसार उपसिमिति सदस्यमा सन्देश सुब्बा र अर्जुन लिम्बू रहेका छन्। केलाःङ् सहितको झाँकि व्यवस्थापनको लागि अर्जुन लिम्बू संयोजक र डम्बर कुरुम्बाङ, बिक्रम पयाङ्गु सदस्य रहेको उपसमिति बनाइएको छ।
कलाकार व्यवस्थापनका लागि जीतेन पन्धाकको संयोजकत्वमा मनकुमारी पन्धाक र सन्देश निङलेखु सदस्य रहेको उपसमिति बनाइएको छ।
भोजन तथा आवास व्यवस्थापनको जिम्मेवारी भने किरात याक्थुङ चुम्लुङ मोरङलाई दिइएको छ। अधिवेशन सम्पन्न गर्न करीब चार लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको मूख्य सचिव नरेन्द्रराज केरुङले बताए।
