२७ पुस २०८१, पाँचथर। अखिल नेपाल लेखक संघ पाँचथरको प्रथम जिल्ला अधिवेशनले साहित्यकार मचिन्द्र सेमी लोवालाई अध्यक्षमा निर्वाचित गरेको छ।
सदरमुकाम फिदिममा शनिबार सम्पन्न अधिवेशनले लोवाको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति निर्वाचित गरेको हो। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा पूर्ण परिचित जबेगु, सचिवमा नितिज आङबो निराकुल, सहसचिवमा बिक्रम पारखी केरुङ र कोषाध्यक्षमा बिनु केरुङ निर्वाचित भएका छन्।
सदस्यमा राजन खतिवडा, रजनी हाङसरुम्बा, रिता मिश्र र सन्दिप लाओती निर्वाचित भएका छन्। अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य तथा पाँचथर जिल्ला सह–इन्चार्ज दिनेश लाओतीले गरेका थिए।
उद्घाटन समारोहमा प्रमुख अतिथि लाओतीसँगै नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पाँचथरका संयोजक विषाल रसाइली, फालेलुङ वाङमय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य सुनिल आङबो, अखिल (क्रान्तिकारी)का प्रदेश अध्यक्ष चन्द्र माङमु, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विजयबोध लाओती, वाइसीएल नेपाका केन्द्रीय सदस्य मनेष आङबो, नेकपा (माओवादी केन्द्र) फिदिम नगर कमिटी अध्यक्ष देवी थापा लगायतले शुभकामना दिएका थिए।
