रामचन्द्र तामाङ
फिदिम: भेट्रान्स कप प्रवर्धनका लागि मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएकाे छ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स् गोल्ड कप प्रवर्धनको लागि आयाेजित मैत्रीपूर्ण खेलमा बाैद्व भेट्रान्स क्लव रानीटार बिजयी भएकाे हाे । शनिवार फिदिम मा.विकाे खेल मैदानमा सम्पन्न मैत्रीपूर्ण खेलमा फिदिम भेट्रान्स क्लवलाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे । ४० वर्ष माथिका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता माघ ९ गतेदेखि १२ गतेसम्म हुनेछ । प्रतियाेगितामा आयोजक फिदिम भेट्रान्स क्लब सहित युनाइटेड फ्रेन्डस क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेडस्टार भेट्रान्स झापा,गोरख भेट्रान्स इलाम, बाैद्ध भेट्रान्स रानीटार र मोरङ भेट्रान्सको सहभागिता रहने आयोजकले जानकारी दिएकाे छ ।

