२७ पुस २०८१, पाँचथर। माघ्या सक्रान्ति मेला २०८१ को अवसरमा आउँदो माघ १ गते फिदिम–६ सिवास्थित मगरगाउँमा वरदान संगीतालयले प्रस्तुती दिने भएको छ।
मगर समुदायको महान चाड माघ्या सक्रान्तिको अवसरमा लाङ्घाली युवा क्लव, फिदिम–६ को आयोजनामा हुने कार्यक्रममा फिदिमस्थित वरदान संगीतालयले प्रस्तुती दिने भएको हो।
माघ १ गते साँझदेखि सुरु हुने मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा वरदान संगीतालयको तर्फबाट दिक्षा खजुम, सुयन आङदेम्बे, मिङ्सो केरुङ, बुद्ध केरुङ सहित नृत्य ग्रुपले प्रस्तुती दिने आयोजक लाङ्घाली युवा क्लवका अध्यक्ष सुवाश सारु मगरले बताए।
क्लवको आयोजनामा जारी खुल्ला पुरुष तथा महिला फुटवल प्रतियोगिताको फाइनल खेल माघ १ गते माघ्या सक्रान्ति दिन हुने सञ्चारकर्मी शेर बहादुर सारु (रोशन) ले बताए।
