Advertisement Ad

Advertisement Ad

फिदिम–६ सिवा मगरगाउँमा जारी फुटवल प्रतियोगितामा शुक्रबार चार खेल सम्पन्न

२६ पुस २०८१, पाँथचर। फिदिम–६ सिवास्थित मगरगाउँमा माघ्या सक्रान्तिको अवसरमा आयोजित खुल्ला पूरुष तथा महिला फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार चार खेल सम्पन्न भएका छन्।

शुक्रबार सम्पन्न पूरुषतर्फको पहिलो खेलमा मिक्लाजुङ पाँचथरले देवीचोक नवमीडाँडालाई ३–२ गोलअन्तरले पराजीत गरेको छ। त्यस्तै दोस्रो खेलमा हुलाक लाइन फिदिमले नवमीडाँडालाई ८–३ गोलअन्तरले पराजीत गरेको छ भने तेस्रो खेलमा सिलौटी पाँचथरले फिदिम–६ याङदेनलाई ३–० गोलअन्तरले पराजीत गरेको छ।

शुक्रबार भएको महिला तर्फको एक मात्र खेलमा सिवा–३ ले फिमेसुवा एफसीलाई १–० गोलअन्तरले पराजीत गर्यो। माघ १ गतेसम्म चल्ने प्रतियोगिताको पूरुष तर्फको विजेताले नगद ५० हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र त्यस्तै उपविजेताले नगद २५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै महिला तर्फको विजेताले नगद दश हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र, उपविजेताले नगद पाँच हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। माघ गते माघ्या सक्रान्तिको दिन मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम हुने आयोजक लाङ्घाली युवा क्लवले जनाएको छ।

प्रतियोगितामा पूरुषतर्फ २६ र महिलातर्फ १४ टिमको सहभागिता रहेको स्थानीय सञ्चारकर्मी शेर बहादुर सारु (रोशन) ले बताए। शनिबारदेखि दोस्रो चरणका खेल सुरु हुनेछन्।