१ माघ २०८१, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरको पाँचौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ।
फिदिम–१ फाल्गुनन्द चोकस्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न अधिवेशनको बन्द शत्रले उपेन्द्र येक्तेनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अजेन्द्र वाइबा तामाङ, सचिव सुवाश राई, सह–सचिव शर्मिला मुखिया र कोषाध्यक्ष रजनी हाङसरुम्बा निर्वाचित भएका निर्वाचन समिति संयोजक मंगल बेघाले बताए।
सदस्यमा राजकुमार इशारा राई, भिम चेम्जोङ, भुपेन योङहाङ, इच्छामाया साँवा र तागेरा तावाहाङ निर्वाचित भएका छन्। सबै पदाधिकारी तथा सदस्य सर्वसम्मत निर्वाचित भएका हुन्।
प्रदेश महाधिवेशन प्रतिनिधिमा विजयबोध लाओती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहित आङबो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बा निर्वाचित भएका छन्। संघीय महाधिवेशन प्रतिनिधिमा कबिन्द्र शेर्मा, सन्देश सुब्बा, सेसेहाङ लाओती र इवारा जबेगु निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि, फोनिज संघीय लेखा समिति संयोजक चन्द्र पन्दाकले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि पन्दाकसँगै नेपाल पत्रकार महासंघ पाँथचरका अध्यक्ष भिम बाँस्कोटा, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पाँचथरका सचिव बिकेन्द्र वाइबा, किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ, प्रेस युनियन पाँचथरका अध्यक्ष खबिन लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनको अवसरमा पत्रकार सुवाश राई र रजनी हाङसरुम्बालाई सम्मान–पत्र सहित पाँच–पाँच हजार रुपैंयाँ राशीको फोनिज प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समरोह फोनिज पाँचथरका निवर्तमान अध्यक्ष रामचन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।


