१६ फागुन २०८१, पाँचथर। नेपाल मगर संघ, फिदिम–६ सिवाले संस्थाको ४३ औं स्थापना दिवश बिहीबार विविध कार्यक्रम गरी मनाएको छ।
स्थापना दिवसको अवसरमा फिदिम–६ सिवा मगरगाउँस्थित ठूलोगाउँबाट निकालिएको र्याली ठूलोगाउँ खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथि लगायतले सामूहिक रुपमा मगर जातिको सांस्कृतिक नाच हुर्रा नाचेर कार्यक्रमको शुभारम्भ गरिएको थियो।
कार्यक्रममा मगर जातिको साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो भने विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। खेलकुद प्रतियोगिताका विजेताले प्राप्त गरेको नगद पुरस्कार गत बर्षात्मा आएको बाढीपहीरोले क्षति पुर्याई टहरामा सञ्चालन भइरहेको स्थानीय काफलबोटे आधारभूत विद्यालयलाई प्रदान गरेका थिए।
कार्यक्रम नेपाल मगर संघका १ नं.प्रदेश समिति सचिव लोकेन्द्र लामिछाने मगरको प्रमुख आतिथ्यता, जिल्ला सदस्य धन प्रसाद सारु मगरको विशिष्ट आतिथ्यता एवम् फिदिम–६ का अध्यक्ष लोकेन्द्र सारु मगरको अध्यक्षता साथै सचिव जीवन सारु मगरको सञ्चालनमा सम्पन्न भएको शेर बहादुर सारु (रोशन)ले बताएका छन्।
