अर्जुन तुम्बापो
१६ फागुन २०८१, दक्षिण कोरिया। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला सुब्बा तुम्पापोको संघर्ष र मिहेनतको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘अञ्जिला’को यहीं मार्च २ तारिखका दिन दक्षिण कोरियामा च्यारिटी साे हुने भएको छ।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजना तथा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहजीकरण र समन्वयमा मार्च २ तारिख आइतबारका दिन थोङदेमुन स्थित 종로 구민회권– 동대문, Jongno-gu Citizens’ Association Dongdaemun को सुविधा सम्पन्न हलमा ‘अञ्जिला’को च्यारिटी साे हुन लागेको हो।
आयोजकले दक्षिण कोरियामा सक्रिय सामाजिक, क्षेत्रिय र जातीय संघ–संस्थाहरू, पत्रकार, खेलकुदसँग सम्बन्धीत क्लबहरू र सम्पूर्ण सरोकारवालाहरूमा चलचित्र ‘अञ्जिला’को च्यारिटी साे लाई भव्य बनाउन सहयोग गर्न आग्रह गरेको छ।
नेपाल लगायत विभिन्न देशहरूमा गरिने शोहरु मार्फत् संकलन भएको रकमले एञ्जिला तुम्बापो सुब्बाको नाममा घर निर्माण गरी उक्त घरलाई फुटबल ऐकेडेमीको रूपमा विकास गर्न सहयोग पुर्याउने उदेश्यले च्यारिटी साे गर्न लागिएको हो।
चलचित्र प्रदर्शन मितिः सन् २०२५/०३/०२ आइतबार
समयः ११ः३० बजे
हलको ठेगानाः 종로 구민회권 – 동대문
[서울 종로구 지봉로 5길 7-5]
ट्रेन लाइन नं.: १ र ४ को थोङदेमुन स्टेसनको ३ नम्बर गेटबाट निस्केर सिधा ३०० मिटर अगाडी ।
चलचित्र ‘अञ्जिला’को ट्रिजर हेर्नुहोस्ः
