१५ फागुन ३०८१, पाँचथर। जिल्ला एथलेटिक्स संघ पाँचथरले संघलाई आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने इन्द्रमाया जबेगुलाई सम्मानपत्रद्धारा सम्मान गरको छ।
एथलेटिक्स संघ पाँचथरले बुधबार आफ्नो दोस्रो बैठकको अवसरमा संघका सदस्य जबेगुलाई सम्मान गरेको हो। जबेगुले संघलाई चलायमान राख्न र खेलकुद विकासको निमित्त नगद २५ हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन्। ५३ वर्षीया जबेगुले आर्थिक सँगै भौतिक सहयोग पनि गर्दै आएको एथलेटिक्स संघ पाँचथरका अध्यक्ष पुर्णहाङ तुम्बापो (रेन्जो)ले बताए।
जिल्लाभित्र र बाहिर हुने एथलेटिक्स गतिविधिहरुमा सहभागि भएर खेलाडीहरुलाई हौसला प्रदान समेत गर्दै आएकी जबेगुको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष तुम्बापोले बताए।
प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन १३ गतेदेखि विराटनगरमा भइरहेको प्रदेश खेलकुद महोत्सव–२०८१ अन्तर्गत एथलेटिक्स प्रतियोगितामा पूरुषतर्फ पाँच किमि डौडमा दोस्रो हुने पाँचथरका ओसन राई र महिलातर्फ पाँच किमि डौडमा दोस्रो स्थान हाँसिल गर्ने पुष्पा शेर्मालेलाई पनि सम्मान गर्ने निर्णय भएको संघका उपाध्यक्ष भिम चेम्जोङले बताए।
पाँचथरमा एथलेटिक्स संघ २०८१ दर्ता भएको हो ।संघले जिल्लामा विभिन्न प्रतियोगिता गराई खेलाडीको क्षमता बृद्धि हौसला बढाउने कार्य गर्दै आएको छ।