Advertisement Ad

Advertisement Ad

दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हेमा चलचित्र “अञ्जिला” प्रदर्शन हुदै ।

दक्षिण कोरिया

नेपाली राष्ट्रिय महिला फुटबल टीमकि कप्तान अन्जिल तुम्बापो सुब्बाको जीवनीमा आधारित सुपहिट नेपाली चलचित्र “अञ्जिला” दक्षिण कोरियाको बुसान स्थित काया विश्वविद्यालय किम्हे हलमा उङदोङ एफ. सी दक्षिण कोरिया बुसानको आयोजना साथै कि.या.चु दक्षिण कोरियाको सहजिकरण र नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा यही मिति २०२५ अप्रिल २७ तारीख आइतबार दिउसो १२ बजे बाट  प्रदर्शन हुदै छ ।

नेपालमा ब्लक बस्टर भएको चलचित्र “अञ्जिला” मार्च २ तारिख सिओलमा पहिलो शो भएको थियो । दर्शक श्रोताहरुले पहिलो शोमा अत्याधिक मन पराएको थियो ।

कोरियामा कप्तान तथा गोलकीपर अञ्जीला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र उनको घर निर्माण एवम फूटबल एकेडेमी सहयोगार्थ प्रदर्शन हुँदैछ ।

यस चलचित्रको अत्याधिक माग दर्शक स्रोतहरुको रहेकोले कोरियाको विभिन्न शहरहरु ह्वासङको फारान स्थित साराङ फाङमा मार्च २३ तारीख, थेजन र मोक्पोमा मार्च ३० तारीख, फुयू, जिन्छन र नोन्सान अप्रिल ५ तारिख, मुगुक, ओयान् ओन्छन र खिम्फोमा ६ तारीख, जेजू दो प्रान्तमा १२ तारीख, सुवन र गजेदो मा १३ तरिख प्रदर्शन भई सकेको आयोजक समितिका अध्यक्ष बिनोद सौदेनले जनाउनु भएको छ ।

दक्षिण कोरिया बुसानले तीव्रगतिमा प्रचार प्रसार संगै विभिन्न संघ संस्थाहरु लाई पत्राचार गर्दै तयारी अन्तिम चरणमा रहेको साथै किम्हे आसपासमा रहेका नेपाली चलचित्र प्रेमी सबैमा उपस्थितका लागि आवाह्रन गरेको आयोजक उङदोङ एफ. सी का म्यानेजर सुरेश सम्बाहाम्फेले  बताउनु भएको छ ।

मिति : २०२५/०४/२७ आइतवार
समय : १२ बजे
स्थान : 가야 대학교 김해
              सम्पर्क
सुरेश सम्बाहाम्फे 010-6441-1387