दक्षिण कोरिया २४ अप्रिल २०२५
पाँचथरको विभिन्न रमणीय पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर” पर्यटन प्रवर्द्धनको निम्ति २०२५ मे ११ आइतबार सौल र खिम्मे बुसानमा एकसाथ प्रदर्शन हुदै कोरियाको विभिन्न शहरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले लिएर आउदै छ ।
आर्टमाण्डु नेपाल प्रा. लि. को पहिलो प्रस्तुति साथमा नवीन चौहानको निर्देशन तथा निर्माणमा रहेको चलचित्रमा कलाकार बिपिन कार्की, मिरुना मगर, परिक्षा लिम्बु, विल्सन बिक्रम राई, प्रेम सुब्बा र अन्य राष्ट्रिय कलाकार अभिनित छन् ।
पाँचथर सेवा समाज दक्षिण कोरिया आफैमा विशुद्ध सामाजिक संस्था भएको कारणले कोरियामा रहेका पाँचथरबासीहरूलाई परिआएको खण्डमा आवश्यक सहयोग पछिल्लो समयमा प्रवाशी पाँचथरबासीहरूमा दुर्घटना, बिरामी, मृत्यु, आत्महत्यासम्मको घटनाहरू बढ्दै गइरहेकोले आपसी सम्बन्ध, सद्भाव प्रगाढ बनाउनको लागि आपत्कालीन राहत कोष सहयोगार्थ यस चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
समय मिलाएर नजिकको शहरहरुको हलमा उपस्थित भई मनोरन्जन लिई सहयोग गरीदिनु हुन सम्पूर्णमा निमन्त्रण सहित आवाह्रन गरिएको आयोजक समितिका अध्यक्ष रमेश लवातीले जानकारी दिनु भयो ।


