Advertisement Ad

Advertisement Ad

वाइसीएल नेपाल धनकुटाको अध्यक्षमा गजमेर

२०८२ वैशाख २४, धनकुटा। नेकपा (माओवादी केन्द्र)को भातृसङ्गठन योङ् कम्युनिस्ट लिग नेपाल (वाइसीएल) धनकुटाको अध्यक्षमा पूर्ण गजमेर सर्वसम्मत चयन भएका छन् । मंगलबार धनकुटा बजारमा सप्पन्न जिल्ला सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा क्रमशः विजय राई, सचिवमा क्षितिज राई, सहसचिवमा रमेश राई र कोषध्यक्षमा सुनिता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज धनमाया विश्वकर्मा गर्नुभएको हो ।

कार्यक्रममा वाइसीएल नेपालका केन्द्रीय सदस्य डी.बी. तामाङ, माओवादी केन्द्रका जिल्ला संयोजक कुसुम कुमारी श्रेष्ठ जुली, प्रदेश सदस्य तथा वाइसीएल जिल्लाका फ्याक्सन इन्चार्ज नगेन्द्र गहतराज, प्रदेश समिति सदस्य हेमचन्द्र किराती, नगर कमिटी अध्यक्ष खगेन्द्र विष्ट, जिल्ला सचिवालय सदस्य पदम रखाल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।

वाइसीएल जिल्ला अध्यक्ष विकास कार्कीको अध्यक्षतामा सम्पन्न भएको सो सम्मेलनको सञ्चालन सचिव पुर्ण गजुरेल गर्नुभएको थियोे ।