Advertisement Ad

Advertisement Ad

वाइसीएल नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक

२४ वैशाख २०८२, पाँचथर। नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ् कम्युनिष्ट लिग (वाइसीएल) नेपाल पाँचथरको अध्यक्षमा गणेश तुम्रोक चयन भएका छन्।

वाइसीएल पाँचथरको बुधबार सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट तुम्रोक दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका हुन्। त्यस्तै उपाध्यक्षमा राजन तिखत्री, आयुष्मा आङदेम्बे, वालेनहाङ लावती, सचिव ग्याल्जेन शेर्पा, सह–सचिव सागर जबेगु, बसन्त आङबो, प्रकास भट्टराई, भिम बेघा, बिनोद माङ्मु र कोषाध्यक्ष अनिता तुम्बापो चयन भएका छन्। नव निर्वाचित कमिटी ५१ सदस्यीय रहेको छ।

सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि आङबो सँगै प्रदेश कमिटी अध्यक्ष हर्क बहादुर नेम्बाङ (मिक्सो), पाँचथर जिल्ला इन्चार्ज सीता थेबे, जिल्ला समन्वय समिति संयोजक विषाल रसाइली लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए।