दक्षिण कोरिया
किरात राई यायोक्खा जेजुदो शाखा द्धारा आयोजनामा किरात राईहरुको महान चाड यलेदोङ ५०८५ (किरात संवत) उभौली साकेला शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम १८ मे २०२५ तारिख दक्षिण कोरियाको सुन्दर पर्यटकीय शहर जेजूदोमा सम्पन्न भएको छ ।
जेजूदो शाखा अध्यक्ष कोपिल राईको अध्यक्षतामा, कि. रा. या. केन्द्रीय अध्यक्ष पुरान राई प्रमुख अतिथीत्यता, विशिष्ठ अतिथी केन्द्रीय संरक्षक लोचन राई, संरक्षक तथा नेपाल केन्द्रीय संस्थापक सदस्य शेसाहाङ राई, विशेष बूसान शाखा उपाध्यक्ष विकाश राई, गजेदो शाखा अध्यक्ष राधेश्याम राई, आदिबासी जनजाति महासंघ जेजुदो का. दिल ब. मगर, NRNA जेजू दो प्रान्त क्षेत्रीय अध्यक्ष गोकुल शर्मा, लगायत विभिन्न जातिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थितिमा विभिन्र मौलिक भेषभूषा (पोशाक), परम्परा सास्कृतिक, मौलिक खानपान सहित भब्य सभ्य रुपमा कार्यक्रम भएको थियो ।
उभौली साकेला जेजू दो बाट सुरू भएको दक्षिण कोरियाको सुवनमा २५ मे २०२५ तारीख केन्द्रले मनाउदै, बूसान शाखामा ०१ जून, गजेदो र इक्सान शाखाहरुमा ०८ जूनमा हुदै ।
किरात समुदायले धुमधाम सँग मनाउने उभौली पर्वलाई, पृथ्वीमा “कृषियुग” सुरु भएदेखि नै मनाउदै आइएको एक पर्वको रुपमा मनाउने गर्ने गरिन्छ । र, यस पर्वको पहिलो दिन “चण्डी नाच” नाच्ने चलन छ, जुन नाच द्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ। उभौली पर्व लाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एक सातासम्म मनाउने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि एक महिना भर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ ।
सांस्कृतिक महत्व र विभिन्न नामहरु किराँत समुदायले यस दिनलाई “सुम्निमा” अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गर्दछन् यसै कारण यो पर्व सांस्कृतिक दृष्टिले समेत पनि अत्यन्तै महत्वपूर्ण रहेको छ। किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली पर्व / चाडलाई महान चाडका रुपमा मनाउने गर्दछन् ।
उभौली पर्वलाई किराँत समुदायका जातीहरुले ठाउँ बिशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक-फरक नामले बोलाउने र चिन्ने गर्दछन् । यस समुदायको लिम्बूहरूले “चासोक” वा “यक्वा तङनाम”, राई र चाम्लिङ जातीले “साकेला” सुनुवारहरुले “फोलष्यादर” वा “ष्याँदरपिदार”, बान्तावाहरूले “साकेवा” वा “साकेन्वा”, र दुमीले “तोसी” वा “तोसु” इत्यादी नामहरुले ले उभौली पर्वलाई सम्बोधन गर्ने गरेको पाइन्छ । यसै गरि यस पर्वलाई याक्खाहरूले “युच्याङ” र थामी जातिले “भुम्या” नामले सम्बोधन गर्ने गरेको पनि पाईन्छ ।



