Advertisement Ad

Advertisement Ad

फिदिममा इमानसिं चेम्जोङ वृत्तचित्र प्रदर्शन

८ जेठ २०८२ पाँचथर। सदरमुकाम फिदिममा बिहीबार इतिहासकार इमानसिं चेम्जोङको जीवनीमा आधारित वृत्तचित्र ‘इमानसिं चेम्जोङ’ प्रदर्शन गरिएको छ।

याक्थुङ युवा मञ्च, पाँचथरको आयोजनामा फिदिमस्थित मनश्वी होटलको सभाहलमा वृत्तचित्र प्रदर्शन गरिएको हो। इतिहासकार इमानसिं चेम्जोङको जीवन भोगाई र इतिहास लेखनको क्षेत्रमा पुर्याएको योगदान वृत्तचित्रमा समेटिएको छ।

इमानसिं चेम्जोङ मेमेरियल फाउण्डेशनका लागि बुद्ध चेम्जोङको निर्माण रहेको उक्त वृत्तचित्रको निर्देशन पत्रकार सेन्छेलुङ पतङवाले गरेका छन्।

पाँचथरको वसाङ्गुबाट कालेम्पोङको रिङ्केबुङमा बसाइँ गएका मेघवरसिं र दावापुहाङमा सन्तान इमानसिं चेम्जोङले खोज, अन्वेषण, इतिहास लेखन तथा याक्थुङ (लिम्बू) भाषा, साहित्यको उत्थान र प्रचारमा विशेष योगदान दिएका छन्। चेम्जोङको इतिहास सम्बन्धी थुप्रै पुस्तक प्रकाशित छन्।

चेम्जोङको जीवनी समेटिएको वृत्तचित्र याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र कुमार जबेगुको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच प्रदर्शन गरिएको याक्थुङ युवा मञ्च पाँचथरका अध्यक्ष कुमार यवा मौसमले बताए।