११ जेष्ठ २०८२, तेह्रथुम। याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ तेह्रथुमको नवौं जिल्ला अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो।
शनिबार राती सम्पन्न अधिवेशनले उपाध्यक्षमा बलदेब तुम्बाहाङफे, कल्पना सम्बाहाङफे, सचिव राजकुमार तेयुङ तरेबा, सह–सचिव सुविन्द« थेगुवा, नारान आङलाबाङ र कोषाध्यक्षमा राजकुमारी लिम्बूलाई चयन गरेको छ। त्यस्तै सदस्यहरुमा रेवत सावादेन, पार्वती तेयुङ, रितुराज थेगुवा, याम लिम्बू, निर कुमार लिम्बू, अरुना सिंगक, मोहन सिंगक र करिना थलङ चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि, किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष कमला फोम्बोले अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा कियाचु तेह्रथुमको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो।
अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि फोम्बो सँगै पूर्व संघीय सदस्य सुबिन्द« थेगुवा, कियाचु तेह्रथुमका पूर्व अध्यक्षहरु लिलाबहादुर तुम्बाहाङफे, गणेश सेनेहाङ, सल्लाहकार कृष्णमान तुम्बाहाङफे र तेजमान कन्दङवा साथै पहिचानवादी नेता शंकरमान खेवाले शुभकामना मन्तव्य राखेका थिए।
अधिवेशनको उद्घाटन समारोह किरात याक्थुङ चुम्लुङ तेह्रथुमका निवर्तमान अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
