दक्षिण कोरिया
“तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्दन गरौ । आफ्नो पहिचान र अस्तित्वको लागि एक हौ ।” भन्ने मुल नारा साथ सन् २०२१ मा अनीता रुम्बाको अध्यक्षतामा जेजूदो शाखा स्थापना भएको थियो ।
तामाङ घेदुङ जेजूदो शाखा, दक्षिण कोरियाको २४ मे २०२५ शनिबार तेस्रो अधिवेशन बाट बिमल तामाङको अध्यक्षतामा १७ सदस्य कार्यसमिति निर्वाचित भएको छ । ब.उपाध्यक्ष प्रतिज्ञा लामा, उपाध्यक्ष गंगा व्लोन तामाङ, म.उपाध्यक्ष रिचा व्लोन तामाङ, महा-सचिव प्रतिक तामाङ, सचिव बिमानसिं तामाङ, सह-सचिव सानुमाया तामाङ, कोषाध्यक्ष विन्दार व्लोन तामाङ, सह-कोषाध्यक्ष युन्मि तामाङ, सदस्यहरु सन्जय कुमार लामा, सुनिल कुमार वाइबा, सदस्य वान्छेन तामाङ, ममता मोक्तान, सन लामा, पुजा व्लोन, सविता तामाङ, गोविन तामाङ सर्वसम्मत चयन भएको छ ।
सुनिता ब्लोनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान प्रमुख अतिथि रहेका थिए । अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव शुभराज भोम्जनको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा तामाङ घेदुङ कोरियाका उपाध्यक्ष गणेश योञ्जन तामाङ, आदिवासी जनजाति महासंघ जेजुदो शाखाका कार्यवहाक अध्यक्ष दिल ब. मगर, गैरआवासीय नेपाली राष्ट्रिय परिषद संघ जेजुदो शाखाका अध्यक्ष गोकुल शर्मा, आदिवासी जनजाति महासंघ जेजुदो शाखाका संरक्षक अर्जुन तुम्बापो, तामाङ घेदुङ बुशान शाखाका अध्यक्ष धनराज तामाङ, घेदुङ जेजुदोका संस्थापक अध्यक्ष अनिता रुम्बा, किरात याक्थुङ चुम्लुङ जेजुदोकी अध्यक्ष सुस्मा लिम्बू, NRNA जेजूदो निर्वतमान अध्यक्ष तथा सामाजिक अभियन्ता सुमन हाङ्ह्रोङ, किरात राई यायोक्खा जेजूदो शाखा उपाध्यक्ष राज कुमार राई, नेपाल मगर संघ जेजू दो शाखा प्रतिनिघि माया मगर लगायत विभिन्न जातीय तथा क्षेत्रीय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।
निर्वाचन मण्डल प्रमुख अनिता रुम्बाले निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएको थियो ।



