Advertisement Ad

Advertisement Ad

पाँचथरबाट कांग्रेस नेता कोइरालाले भने, कार्यकर्ताले नेताको झोला मात्र बोक्नु हुँदैन

१२ जेठ २०८२, पाँचथर। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस कार्यकताहरु स्वाभिमानी बन्नुपर्ने बताएका छन्।

सोमबार पाँचथरको फालेलुङस्थित पञ्चमुखीमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताले नेताको झोला मात्र बोक्न नहुने बताए। कोइरालाले नेता खुसी पार्न नेताको पछि दगुर्ने प्रवृत्ति छोडेर आफैं सक्षम नेतृत्वको रुपमा उभिने दिशातर्फ कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।

केवल नेता खुसी पार्नेभन्दा पनि जनतालाई खुसी पार्न काम गर्नुपर्ने नेता कोइरालाको भनाई थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले कार्यकर्तालाई काठमाडौं कब्जा गर्ने निर्देशन दिन नमिल्ने बताउदै प्रधानमन्त्रीले मुलुकलाई मुठभेडतर्फ लान खोजेको आरोप लगाए।

सभालाई कोइरालासँगै नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बे, जिल्ला सभापति रुपनारायण जबेगु, निवर्तमान जिल्ला सभापति नरेन्द्र कुमार केरुङ, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लाओती लगायत नेताहरुले सम्बोधन गरेका थिए।