Advertisement Ad

Advertisement Ad

फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सुरु

१९ जेष्ठ, २०८२ पाँचथर । फिदिममा कृषि उपकरण मर्मत सम्बन्धी सिपमुलक तालिम सोमबारदखी सुरु भएको छ ।

सोमबार फिदिम नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी तालिमको उद्घाटन गरिएको थियो । ७ दिनसम्म सञ्चालन हुने तालिममा हाते ट्याक्टर, मिनिटिलर लगायतका कृषि उपकरणहरुको मर्मत गर्ने सिप सिकाइने फिदिम नगरपालिकाका पशुपंपन्छि शाखा प्रमुख तिर्थराज मिश्रले बताउनुभयो । मिश्रका अनुसार तालिममा फिदिम नगरपालिकाको १४ वटै वडाबाट एक-एक जनाको प्रतिनिधिमुलक सहभागिता रहेको छ । तालिमलाई टेकनाथ काफ्लले सहजिकरण गरिरहेका छन ।

फिदिम नगरपालिकाको १४ वटै वडामा एक जनाका दरले दक्ष प्राविधिक उत्पादन गरि स्वरोजगार बनाउने उदेश्यले तालिमको आयोजना गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमार प्रसाद भट्टराईले बताउनुभयो ।

कृषि क्षेत्रमा यान्त्रिकीकरणका लागि फिदिम नगरपालिकाले करोडौँ रुपैयाँको उपकरण वितरण गरेकाले उपकरण मर्मत सम्बन्धी तालिमको कार्यक्रम राखिएको फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । विगतमा वितरण गरिएका उपकरणहरुको मर्मतमा कठिनाई भई कृषकहरुले दुख पाएकाले तालिमबाट सिप सिकेर सेवा साथै स्वरोजगार बन्न नगर प्रमुख काफ्लेले सहभागिलाई सुझाउनुभयो ।

फिदिम नगरपालिकाले केहि समय अगाडी मात्र कृषिमा यान्त्रिकीकरणका लागि ३ करोड ६० लाख बराबरको ‌उपकरण खरिद गरेर वितरण गरिरहेको छ ।