Advertisement Ad

Advertisement Ad

दक्षिण कोरियाको डेमोक्रेटिक पार्टीका नेता इजे म्यङ २१औ राष्ट्रपतिमा निर्वाचित ।

दक्षिण कोरिया ०४ मे २०२५ 

दक्षिण कोरियामा हिजो सम्पन्न मध्यावधि राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इजे म्यङ विजयी भएका छन् । निर्वाचनमा म्यङले पिपुल्स पावर पार्टीका नेता किम मुन्सु लाई पराजित गर्दै २१औ  राष्ट्रपतिमा निर्वाचन भएका छन् ।  कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी किम मुन्सुले ४१.१५ % मत प्राप्त गरेका थिए । हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यस अघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो ।

जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो । निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथा आर्थिक अस्थिरता हटेर जाने विश्वास गरेका छन् । कोरियामा बिभिन्न भिषामा रहेका विदेशी नागरिक प्रति समेत उदार रहेका भनिएका उनको विजयले विदेशी समुदाय समेत खुशी भएको छ ।

सन् २०२२ को निर्वाचनमा झिनो मतले पराजित उनले अन्त: ३ बर्ष ३ महिना पछि कोरियाली नागरिकले राष्ट्रपतिको रुपमा पाएको छ । एउटा गरिव परिवारका बालक कारखानाको मजदूर बाट वकील, मेयर र कोरियाको सबै भन्दा ठूलो प्रान्त ख्याङगीदो को प्रमुख हुदै अन्त: देशकै कार्यकारी पदमा पुगेको बिषयले यति बेला चर्चा पाईरहेको छ ।