Advertisement Ad

Advertisement Ad

फिदिम नगरपालिकाको बजेट एक अर्ब दश करोड ५१ लाख ३३ हजार दुई सय एक रुपैयाँ

क्रिस ढुंगाना
१० असार २०८२, पाँचथर। फिदिम नगरपालिका नगरसभाको १७ औं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि कुल एक अर्ब दश करोड ५१ लाख ३३ हजार दुई सय एक रुपैयाँको बजेट पारित गरेको छ।

सो बजेटमा चालु खर्चतर्फ ६८ करोड १९ लाख ५४ हजार तीन सय एक रुपैयाँ र पूँजीगत खर्चतर्फ चार करोड ३१ लाख ७८ हजार नौ सय रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले रोजागरी, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट बनाएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताएका छन्।