Advertisement Ad

Advertisement Ad

अरुण नदीमा दुई बालिका वेपत्ता

नरेन्द्र कश्चित
१२ असार, धनकुटा। भोजपुरको हतुवागढी गाँउपालिका वडा नं.९ मचुवाटारका दुई बालिका पौडी खेल्ने क्रममा अरुण नदीमा वेपत्ता भएका छन्।

बुधबार तीन/चार बजेतिर अरुण नदीमा पौडी खेल्ने क्रममा श्री अनिबार्य निशुल्क मा.बि. सहिदभूमि–१ सिम्ले धनकुटा कक्षा ७ र ८ मा अध्ययनरत हतुवागढी गाउँपालिका–९ मच्चुवाटार भोजपुरका खुशी राई र कृशिका राई नदीमा वेपत्ता भएका स्थानीय पदम राईले बताए।

वेपत्ता दुई बालिकाको स्थानीय र प्रहरीद्वारा खोजी कार्य तिव्र पारिएको त्रिवेणी प्रहरी चौकीका इन्चार्ज राजेन्द्र राईले बताए।