इवारा जवेगु लिम्बू
१४ असार २०८२, पाँचथर। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सन् २०२५ को जनवरीदेखि १ देखि जुन १० सम्म अभिलेखीकरण गरिएका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।
समीक्षा कार्यक्रममा इन्सेक पाँचथर प्रतिनिधि इवारा जबेगू लिम्बूले जिल्लामा २०८२ पुस १७ गतेदेखि असारको पहिलो सातासम्म १८ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेखीकरण गरिएको बताइन् ।
जिल्लामा इन्सेकले अभिलेखकरण गरेको तथ्याङ्क अनुसार दुई जना हत्या, बलत्कार घटना पाँच, हत्या प्रयासका तीन, अभद्र व्यवहारको पाँच, यौन दुव्र्यवहारको दुई र साइवर क्राइमको एक घटना गरेर जम्मा १८ ओटा घटना सार्वजनिक गरिएको छ । १८ ओटा घटनामा चार जना बालिका पीडित भएका घटना अभिलेख भएका छन् ।
कार्यक्रमका प्रमुख, अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बे रहेका थिए । उनले समीक्षा कार्यक्रममा बोल्दै मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नका लागि प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार सबै जना लागिपर्नुपर्ने बताए ।
त्यस्तै छलफलमा उठेका स्वास्थ्यप्रतिको विषयमा गम्भीर हुदै जिल्ला अस्पतालमा आगामी आर्थिक वर्षभित्र सघन उपचार कक्ष (ष्अग) सञ्चालन गर्ने सोच रहेको अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिसस प्रमुख आङदेम्बेले बताए। जसले गर्दा जिल्लाबाट धेरै बिरामीले सुविधा प्राप्त गर्ने उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल, जिल्ला प्रहरी कार्यालय पाँचथरका वरिष्ठ प्रहरी नायव निरीक्षक मनोज कुमार यादव, हुकुडेक नेपाल पाँचथरका सचिव राजेन्द्र काफ्ले, किरात याक्थुङ चुम्लुङ, जिल्ला शाखा पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङ लगायत विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।