२४ असार २०८२, धरान। क्यान्सर रोगसँग लडिरहेका वरिष्ठ पत्रकार कविन्द्र शेर्माको उपचारका लागि लिम्बू पत्रकार संघले एक लाख ३६ हजार १६६ रुपैंयाँ सहयोग गरेको छ।
आइतबार लिम्बू पत्रकार संघ, सुनसरीको कार्यालय चुम्लुङहिम धरानमा पत्रकार शेर्मालाई उक्त सहयोग रकम प्रदान गरिएको लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाले बताए। संघका तुम्याहाङ निलिफा सुब्बाको संयोजकत्वमा गठित ‘पत्रकार कविन्द्र शेर्मा उपचार सहयोग संकलन समिति’ले जम्मा गरेको रकम पत्रकार शेर्मालाई हस्तान्तरण गरिएको अध्यक्ष सुब्बाको भनाई छ।
अढाई दशकदेखि पत्रकारितामा क्रियाशील शेर्माको उपचारका लागि विभिन्न सहयोगी मनहरुबाट प्राप्त सहयोग र लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति सुनसरीबाट प्राप्त २८ हजार १६१ रुपैंयाँ गरी कूल एक लाख ३६ हजार १६६ रुपैंयाँ रकम हस्तान्तरण गरिएको हो। सो रकम लिम्बू पत्रकार संघका तुम्याहाङ द्वय हर्ष सुब्बा र मोहन हुक्पा चोङबाङको हातबाट प्रदान गरिएको सहयोग संकलन समितिका संयोजक निलिफा सुब्बाले बताइन्।
पत्रकार शेर्मालाई सुरुमा घाँटीको क्यान्सर भएको थियो। पछि सोही क्यान्सर शरीरका अन्य अङ्गमा समेत सरेको बताइएको छ। विगत दुई वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत पत्रकार शेर्मा थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित राजीज गान्धी क्यान्सर अस्पताल जाने तयारीमा रहेका छन्। थप उपचारका लागि ठूलो धनराशी खर्च हुने भएकाले पत्रकार शेर्माले सबैमा सहयोगको अपिल गरेका छन्।
रेडियो नेपालमा समेत काम गरेका वरिष्ठ रेडियो पत्रकार शेर्माको पाँचथर सहित पूर्वी नेपालमा रेडियो स्थापना र विकासमा विशेष योगदान रहेको छ।
लिम्बू पत्रकार संघले सञ्चालन गरेको अभियानमा सहयोग गर्ने महानुभावहरुः


