२५ असार २०८२, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका एक र मिक्लाजुङ गाउँपालिकामा एक गरी दुई जना मानिस मृत फेला परेका छन्।
फाल्गुनन्द–५ स्थित सुलुम्फीमा एक व्यक्ति मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उत्तरे–यासोक सडकको करीब ३५ मिटर मुनि एक पुरुष मृत भेटिएका हुन्।
त्यस्तै मिक्लाजुङ–५ मा पनि एक व्यक्ति मृत फेला परेका छन्। ती व्यक्ति महिला जस्तो देखिएको प्रहरीले जनाएको छ। दुबै जनाको केही दिन अघि नै मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए।
