Advertisement Ad

Advertisement Ad

फालेलुङमा वन व्यवस्थापन सूचना प्रणाली सम्बन्धी तालिम सम्पन्न

जीपी अधिकारी

२५ असार २०८२, पाँचथर। फालेलुङ गाउँपालिका–३ मा केआईएमए र वन व्यवस्थापन सूचना प्रणाली सम्बन्धी दुई दिने तालिम बुधबार सम्पन्न भएको छ।

३ नं.वडा कार्यालयको सभाहलमा मंगलबार सुरु भएको तालिम बुधबार सम्पन्न भएको हो। तालिममा फालेलुङ गाउँपालिकाका २३ वटा सामुदायिक वन उपभोक्ता समूह, कबुलियती वन समूह र वन पैदावार सँग सम्बन्धीत समूहहरुको सहभागिता रहेको थियो।

तालिममा वन व्यवस्थापन, सूचना प्रणालीका विषयमा छलफल भएको थियो। तालिमको सहजीकरण बद्री कुमार कार्कीले गरेका थिए। तालिम उपलब्धीमुलक भएको सहभागिले बताएका छन्।

डिविजन वन कार्यालय पाँचथरले आयोजना गरेको तालिमको समापन समारोहमा फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ, सामुदायिक वन महासंघका प्रदेश सचिव देवी न्यौपाने, फालेलुङ–३ का वडा अध्यक्ष शक्ति केरुङ, इलाका वन कार्यालय प्राङबुङका प्रमुख बिनिता खड्का लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम फालेलुङ–५ का वडा अध्यक्ष एवम् फालेलुङ सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष भरत खपाङ्गीको अध्यक्षतामा सम्पन्न भएको थियो।